पोखरा २९ साउन २०८२।
तनहुँको डुम्रे बजार नजिकै माइक्रोबस र बस एकापसमा ठोक्किंदा ११ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा आउँदै गरेको वाग्मती प्रदेश ०१-००६ ख ६५०३ नम्बरको माइक्रोबस र विपरीत दिशातर्फ जाँदै गरेको ग १ ख ७३२९ नम्बरको बस डुम्रे बजार नजिकै एकापसमा ठोक्किएर दुर्घटना हुँदा ११ जना घाइते भएका हुन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
घाइतेमध्ये ९ नाको लक्ष्मी अस्पताल र दुई जनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्ङटनाबारे थप विवरण आउन बाँकी छ ।