नारायणगढ–मुग्लिन सडकमा ट्रकमाथि ढुङ्गा खस्यो : तीन जना घाइते

नारायणगढ–मुग्लिन सडकमा ट्रकमाथि ढुङ्गा खस्यो : तीन जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ साउन २०८२
  • 5.4K
    Shares

पोखरा २९ साउन २०८२।

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा माथिबाट खसेको ढुङ्गा गुडिरहेको ट्रकमा खस्दा ट्रकमा सवार तीन जना घाइते भएका छन्।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको केए–४३६८८५६ नम्बर प्लेटको भारतीय ट्रकमाथि आज दिउँसो करिब १ः३० बजे माथिबाट खसेको ढुंगाले लाग्दा चालकसहित तीन जना घाइते भएका हुन्। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोला नजिक सडकमाथिबाट झरेको ढुंगा गुडिरहेको ट्रकमा लागेको बताइएको छ।

उक्त दुर्घटनामा परेर ट्रक चालक भारत, बैंगलोरका मेगु प्रसाद, उनका छोरा सयद अफिद र सोही ठाउँका नहमान धुनियाँ रहेका छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले जानकारी दिए।

घाइते तीनै जनाको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाग्रस्त ट्रकलाई सडकको छेउमा साइड लगाएर सवारी आवागमन सुचारु गरिएको छ। हाल सडक दुईतर्फी नै सञ्चालनमा रहेको डीएसपी खनालले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार