धनुषामा गोली हानेर दुई जना लागूऔषध कारोबारी पक्राउ

धनुषामा गोली हानेर दुई जना लागूऔषध कारोबारी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ साउन २०८२
  • 5.3K
    Shares

पोखरा २९ साउन २०८२।

धनुषामा गोली प्रहार गरी प्रहरीले दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । उनीहरुलाई बुधबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मिथिला नगरपालिका–२ का पप्पु साह र सेली देवी राम रहेका छन् । दुवैलाई मिथिला नगरपालिका–२ नक्टाझिजबाट प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । उनीहरूका साथबाट प्रहरीले दुई सय ग्राम ब्राउनसुगर बरामद गरेको धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार प्रहरीले गोप्य सूचनाका आधारमा बा ८७ ना ९६७ नंको मोटरसाइकल चेक गर्दा भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड गोली प्रहार गरेको थियो । प्रहरीले एक राउन्ड हवाई फायर गर्दा पनि नरोकिएपछि अर्को राउन्ड प्रहार गर्दा पप्पुको खुट्टामा लागेको थियो । घाइतेको जानकी मेडिकल कलेज रमदैयामा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार