डा. भरत खत्री फेरी बने, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपति

डा. भरत खत्री फेरी बने, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपति


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ साउन २०८२
  • 5.4K
    Shares

पोखरा २८ साउन २०८२।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिना प्राध्यापक डा. भरत खत्री दोहोरिएका छन्। कुलपतिको हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्राध्यापक डा. भरत खत्री उपकुलपति नियुक्त गरेका हुन्।

डा. खत्री यस अघि पनि उपकुलपति नै थिए र उनले आफ्नो चार वर्षीय कार्यकाल पूरा गरेर निमित्त उपकुलपतिका रुपमा काम गर्दै आएका थिए। उपकुलपतिका रुपमा उनीसंगै डा. चण्डिका पण्डित, डा. बिद्यामोहन पौडेल , डा.अर्जुन आचार्य, डा. माया लामा र डा.नारायणसिंह गुरुङ पनि प्रतिष्पर्धामा उत्रिएका थिए।

प्रधानमन्त्री ओलीले कुलापतिका हैसियतमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपतिमा प्राडा विक्रमप्रसाद श्रेष्ठ नियुक्त गरेका छन्। यस्तै, पाटन स्वास्थ्य विज्ञानको लागि प्राडा बुद्धि पौडेल नियुक्त भएका छन् भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि डा पुजन कुमार रोकाया नियुक्त भएका छन्।

उपकुलपतिको पदावधि चार वर्ष हुन्छ। प्रधानमन्त्री ओलीले उपकुलपति सिफारिस गर्न सहकुलपति अर्थात् स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार