पोखराबाट छ किलो अबैध लागू औषध गाँजासहित एक युवा पक्राउ

पोखराबाट छ किलो अबैध लागू औषध गाँजासहित एक युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ साउन २०८२
  • 7.5K
    Shares

पोखरा ,२७ साउन २०८२।

पोखराबाट अबैध लागू औषध छ किलो गाँजासहित एक युवा पक्राउ परेका छन्।

रुपन्देहीको सिहरी गाउपालिका वडा नं.६ घर भई हाल पोखरा महानगरपालिका वडा नं.१५ स्थित स्यानिपाटन बस्ने वर्ष ३८ को कुमार गुरुङ अबैध लागू औषध छ किलो गाँजासहित एक युवा पक्राउ परेका हुन्।

गुरुङलाइ वडा प्रहरी कार्यालय रामबजार पोखराको टोलीले आइतबार पोखरा १५ कोलपाटनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

अभियुक्त गुरुङबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धि कसुरमा पांच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार