गैंडाकोटमा ट्रक र स्कुटर ठोक्किए : दुई जनाको मृत्यु

गैंडाकोटमा ट्रक र स्कुटर ठोक्किए : दुई जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ साउन २०८२
  • 6.8K
    Shares

पोखरा ,२५ साउन २०८२।

नवलपुरको गैंडाकोटमा आज ट्रक र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

गैंडाकोटको खरकट्टा जंगलमा ना ५ ख ८४१७ नम्बरको सामान लोड गरेको ट्रक र लु ५५ प ३१३४ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

अहिले ट्रक मुनि दुई जना च्यापिएको अवस्थामा रहेकाले उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार