आज यी क्षेत्रहरुमा वर्षातको सम्भावना

आज यी क्षेत्रहरुमा वर्षातको सम्भावना


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ साउन २०८२
  • 6.3K
    Shares

पोखरा ,२५ साउन २०८२।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

हाल बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही र कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर साधरणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू-भागका केही र मधेस प्रदेश लगायत देशका बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार