पोखरा २४ साउन २०८२।
मुस्ताङमा जंगलमा च्याउ टिप्न जाने क्रममा खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन् ।
श्रीमतीसहित पाँच जनाको समूह कोभाङ फेदी जङ्गलमा च्याउ टिप्न जाँदै गर्दा मुस्ताङको घरपझोङ–५ स्थित धुम्बा खोला तर्ने क्रममा बगेका एक युवा शुक्रबारदेखि बेपता भएका हुन
बागलुङको जिल्ला निसी खोला गाउँपालिका–६ घर भई हाल मुस्ताङको घरपझोङ–५ फेन्ताङस्थित इको ब्रो कृषि फार्ममा विगत छ महिनादेखि कार्यरत अन्दाजी २३ वर्षीय हिमाल विक शुक्रबारदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
सपरिवार धुम्बा खोला तर्ने क्रममा अचानक खोलाको पानीको बहाव बढ्न गई निज विकलाई खोलाले बगाएर बेपत्ता बनाएको खबर स्थानीय डिल्लीजङ्ग गुरुङले जिल्ला प्रहरी मुस्ताङलाई दिएको मुस्ताङ प्रहरीका प्रहरी निरीक्षक विकास क्षेत्रीले जानाकारी दिए।
बिक खोलाले बगाएर बेपत्ता बनाएको खबर पाए पछि मुस्ताङका प्रहरी प्रमुख छिरिङ किप्पा लामाको कमाण्डमा आठ जनाको प्रहरी टोली र सहायक प्रहरी निरीक्षक सुरज श्रेष्ठको कमाण्डमा सात जनाको प्रहरी टोली खटिएर बेपत्ता युवाको खोजतलास कार्य जारी राखेको प्रहरी निरीक्षक विकास क्षेत्रीले जानकारी दिए।
खोलाले बगाएको उक्त स्थान जिप्रका मुस्ताङबाट करिब सात किमी पश्चिम पूर्वमा पर्ने प्रहरीले जनाएको छ । घटनाबारे थप विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । सांकेतिक फाइल चित्र