फरक क्षमताकी महिला वलात्कार गरेको आरोपमा सोलुखुम्बुस्थित रास्वपाका गाउँपालिका सभापति बस्नेत काठमाण्डौबाट पक्राउ

फरक क्षमताकी महिला वलात्कार गरेको आरोपमा सोलुखुम्बुस्थित रास्वपाका गाउँपालिका सभापति बस्नेत काठमाण्डौबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २२ साउन २०८२
  • 4.3K
    Shares

पोखरा २२ साउन २०८२।

सोलुखुम्बुस्थित राष्ट्रिय स्वतन्त्र पार्टी लिखिुपके गाउँपालिकाका सभापति रामचन्द्र बस्नेत पक्राउ परेका छन् ।

फरक क्षमता भएकी महिलालाई जवरजस्ती करणी गरेको कसुरमा ४५ वर्षीय नेता बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।

गत वर्षको साउन ६ गते परिवर्तित नाम गरेकी महिलालाई जवरजस्ती करणी गरी फरार रहेका बस्नेतलाई साउन १९ गते काठमाण्डौं महानगरपालिका १६ बनस्थलीबाट प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूचना अधिकारी विकास राईले जानकारी दिए ।

पकाउ गरिएका बस्नेतलाई सोलुखुम्बु जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद थप गरेर अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार