जिल्ला प्रहरी कार्यालय बाजुराका कार्यालय सहयोगी रावलको काठमाडौंमा मृत्यु

जिल्ला प्रहरी कार्यालय बाजुराका कार्यालय सहयोगी रावलको काठमाडौंमा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २२ साउन २०८२
  • 5.5K
    Shares

पोखरा २२ साउन २०८२।

जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत कार्यालय सहयोगी नर बहादुर रावलको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ । रावलको मंगलबार दिउँसो काठमाडौंको महाराजगन्जस्थित केन्द्रीय प्रहरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको आफन्त नरेन्द्र रावलले बताएका छन् ।

विगत एक महिनादेखि पेटमा पानी जम्ने समस्या देखिएपछि उपचारमा लागि काठमाडौंमा रहेका थिए । बडीमालिका नगरपालिका-८ निवासी ३९ वर्षीया रावल जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत थिए ।

मृतक रावलको शव पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको छ । पारिवारिक श्रोतका अनुसार रावलको पोष्टमार्टमपछि पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार