११ करोड ५५ लाख ठगीको उजुरी परेपछि शेयर कारोबारी जयन्त श्रीवास्तवले प्रहरीमा आत्मसमर्पण गरे

११ करोड ५५ लाख ठगीको उजुरी परेपछि शेयर कारोबारी जयन्त श्रीवास्तवले प्रहरीमा आत्मसमर्पण गरे


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २२ साउन २०८२
  • 6K
    Shares

शेयर कारोबारी जयन्त श्रीवास्तव

पोखरा २२ साउन २०८२।

चर्चित शेयर कारोबारी जयन्त श्रीवास्तवले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।

आफूविरुद्ध ११ करोड ५५ लाख ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको थाहा पाए पछि ब्रोकर नम्बर २२ सिप्रवी सेक्युरिटिजका महाप्रबन्धक श्रीवास्तवले प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्। शेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवालकी श्रीमती मिता मुरारका अग्रवालले जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

मिताले सिप्रवी सेक्युरिटिजका अध्यक्ष रविराज भट्टराई, महाप्रबन्धक जयन्त श्रीवास्तव, प्रबन्ध निर्देशक सतिष कुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपानेविरुद्ध प्रहरी वृत्त सिंहदरबारमा ठगीको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।

उजुरीपछि प्रहरीले चारै जनालाई पक्राउ गर्न असार ९ गते पक्राउ पुर्जी जारी गरेको थियो । ब्रोकरसँगको कारोबार विवादकै कारण अग्रवाल यसअघि साढे ६ करोड रूपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका थिए । तर, उनी काठमाडौं जिल्ला अदालतको आदेशमा हाजिर जमानीमा रिहा भएका भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार