इलाममा पांच दिनदेखि बेपत्ता दाजुबहिनी मृत भेटिए

इलाममा पांच दिनदेखि बेपत्ता दाजुबहिनी मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० साउन २०८२
  • 5.8K
    Shares

पोखरा २० साउन २०८२।

इलाममा पांच दिनदेखि बेपत्ता दाजुबहिनी मृत भेटिएका छन्। पाँचथरको याङवरक -१, विरुवामा पाँच दिनदेखि बेपत्ता रहेका दाजु १० वर्षीय शिशिर राई र बहिनी चार वर्षीय नानुमा राई छुट्टाछुट्टै ठाउँमा मृत भेटिएका हुन्।

उनीहरूको शव मंगलवार बिहान विरुवा खोलाको किनारमा छुट्टाछुट्टै स्थानमा भेटिएको प्रहरीले जानकारी दिएको छ।

साउन १५ गते स्कुल जान हिँडेका उनीहरू त्यसपछि सम्पर्कविहीन भएका थिए। स्कुल नपुगेको पुष्टि भएपछि खोजी शुरु गरिएको थियो।

प्रहरीका अनुसार उनीहरूले त्यसदिन हजुरबुबाकोमा खाना खाएका थिए। बुबा बिर्खबहादुर गाउँमै कृषिमा संलग्न छन् भने आमा वैदेशिक रोजगारीमा छन्। घटनाको अनुसन्धान जारी रहेको र शव परीक्षणका लागि तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार