तनहुँ बस दुर्घटना अपडेट : घाइते पांच जनामध्ये एक जना पोखरा पठाइयो

तनहुँ बस दुर्घटना अपडेट : घाइते पांच जनामध्ये एक जना पोखरा पठाइयो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ साउन २०८२
  • 8.7K
    Shares

पोखरा १८ साउन २०८२।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आइतबार दिउँसो भएको बस दुर्घटनामा घाइते भएका पांच जना मध्ये एक जनालाई थप उपचारका लागि पोखरा पठाईएको छ।

गोरखाबाट नारायणगढ तर्फ जाँदै गरेको ग १ १०७७ नम्बरको बस ऐनापहरामा व्याक गर्ने क्रममा सडकबाट मस्र्याङ्दी नदीतर्फ खसेर दुर्घटनाग्रस्त हुँदा घाइते भएका पांच मध्ये एक जनालाई थप उपचारका लागि पोखरा पठाईएको हो।

उक्त दुर्घटनामा घाइते हुनेहरुमा गोरखाको सहिद लखन गाउँपालिका–६ बस्ने ४० वर्षीय सुनु थापा, गोरखा नगरपालिका–९ बस्ने ५४ वर्षीय सनबहादुर गुरुङ, सहिद लखन गाउँपालिका बस्ने ४३ वर्षीया सीता थापा, सोही ठाउँ बस्ने २८ वर्षीया मिना थापा मगर र तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरानचौर बस्ने सात वर्षीय खुसीराम रामदाद रहेको प्रहरीले जनाएकाे छ । घाइतेमध्ये एक जनालाई थप उपचारका लागि चितवन पठाइएकाे छ । बाँकीको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

बसकाे अगाडीकाे भाग भासिएकाे र बसले काेही च्यापिएको आशंका रहेकामा क्रेनले बस उचालेर हेर्दा कोही पनि नरहेको पुष्टि भएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार