ताप्लेजुङमा प्रहरीको हत्या गरेर बन्दुक लिई भागेका लिम्बु १३ वर्षपछि पक्राउ

ताप्लेजुङमा प्रहरीको हत्या गरेर बन्दुक लिई भागेका लिम्बु १३ वर्षपछि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ साउन २०८२
  • 6.3K
    Shares

पोखरा १७ साउन २०८२।

ताप्लेजुङमा प्रहरीको हत्या गरेर भागेका एक जना व्यक्ति १३ वर्षपछी पक्राउ परेका छन्।

२०६९ सालको असोज १० गते ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ मा प्रहरी गस्तीमा खटिएका प्रहरी जवान भूपाल आचार्यको हत्या गर्ने सुभाष लिम्बू पक्राउ परेका हुन्।

उक्त दिन लिम्बुले खुकुरी, चुप्पी र तरबार प्रहार गरी आचार्यको हत्या र प्रहरी जवान चन्द्र देवान गम्भीर घाइते भएका थिए । साथै, घटनामा प्रहरी टोलीको थ्री नट थ्री राईफलसमेत लुटेर लिम्बू भागेका थिए ।

उक्त घटनामा जिल्ला अदालत ताप्लेजुङले २०७१ असोज ३१ गतेको फैसलाले लिम्बूलाई जन्मकैदको फैसला गरेको थियो । त्यसयता फरार भएका उनलाई शुक्रबार ताप्लेजुङको फुङलिङ बजारमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई अदालतको फैसलाअनुसार कैद सजाय कार्यान्वयनका लागि जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार