मुग्लिनबजारबाट ठुलो परिणाममा सुन सहित तनहुँका तीन लगायत चार जना पक्राउ

मुग्लिनबजारबाट ठुलो परिणाममा सुन सहित तनहुँका तीन लगायत चार जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ साउन २०८२
  • 15.6K
    Shares

पोखरा १७ साउन २०८२।

चितवनको मुग्लिनबजारबाट ठुलो परिणाममा सुन सहित चार जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरी टोलीले चितवन इच्छाकामना गाउँपालिका वडा न ५ मुग्लिङ बजारस्थित भागीरथी होटलमा आपसमा झगडा गरिरहेका चार जनालाई गरिरहेको अवस्थामा चार जनालाई ठुलो परिणाममा सुन सहित चार जनालाई पक्राउ गरेको हो।

पक्राउ परेकहरुमा तनहुको व्यास नगरपालिका वडा नं २ बस्ने वर्ष १९ को विशाल थापा, सोही नगरपालिकाको वडा न ६ बस्ने वर्ष १८ कि सरिता परियार, वडा न २ बस्ने वर्ष ३४ को साहिदा खान
र चितवनको भरतपुर महानगरपालिका वडा नं १० बस्ने वर्ष ३० को रवि बि क रहेको प्रहरीले जानकारी दिएको छ।
उनीहरु दुई दिनदेखि मुग्लिङबजारस्थित रहेको भागीरथी होटलमा बसेको र आपसमा झगडा गरेको खबर आएपछि उनीहरुलाई पक्राउ गर्ने प्रहरी होटलमा पुगेको बताइएको छ।

उनीहरुको साथबाट प्रहरीले मिनी सेफ , लगेज, लेडिज झोला तीन थान , क्रिस्टल माला एक थान, Lloyds TSB, Diesel DZ7311 कम्पनीको घडी एक थान, CHAPS कम्पनीको खोल सहितको घडी एक थान, बराही सुनचाँदी पसल लेखिएको खोल तथा सो भित्र थैलीमा रहेको तीन दाना मुगा माला,
– रातो पहेँले बक्स भित्र रहेको मुँगा,यिउ र सुनजस्तो पहेलो धातुको कण्ठ जडित माला एक थान, रातो रंगको पोतेमा जडित सिनजस्तो पहेलो धातुबाट बनेको नौ वटा गेडी भएको नौगेडी माला एक थान, हरियो पोतेमा जडित सुनजस्तो पहेलो धातुबाट बनेको छड्के तिलहरी एक थान, पोखरा बराही ज्वेलर्स प्रा.लि. लेखिएको रातो सेतो बक्स भित्र निलो रंगको गुरुङ गहना प्रा.लि र पहेलो रंगको पोखरा सुनचाँदी पसल लेखिएको बट्टा रहेको सो मध्ये पहेलो रंगको बट्टा खालि रहेको र निलो रंगको बट्टामा सुनजस्तो पहेलो धातुबाट बनेको शिरमा लाउने चन्द्रमा, बाला, १/१ थान, सुनजस्तो पहेलो धातुबाट बनेको औँठी २(दुई) थान, सुनजस्तो पहेलो धातुबाट बनेको टप १ (एक) जोडी, रातो पहेलो लाम्चो बक्स भित्र रहेको सुनजस्तो धातुबाट बनेको हातको बाला १ (एक) थान, कानमा लागउने टप १ (एक) जोडी, बेरुवा औठी र सादा औठी १/१ थान कालो रंगको पोतेमा सुनजस्तो पहेलो धातु जडित मंगलशुत्र १(एक) थान बरामद भएको प्रहरीले बताएको छ।

उक्त घटना सम्बन्धमा थप अनुसन्धानको लागि चारै जनालाई इलाका प्रहरी कार्यालय आँबुखैरेनी पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार