पोखरा १६ साउन २०८२।
स्याङ्जामा ठुलो मात्रामा रक्सी, बियर र मासु चोरी भएको छ। स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर -०६ टक्सार काउले स्थित नर बहादुर गुरूङको किराना पसलबाट ठुलो मात्रामा रक्सी, बियर र मासु चोरी भएको हो ।
उक्त किराना पसलबाट गएको बुधबार राती रियल गोल्ड वियर १७ वोत्तल, सोफि रक्सी एक कार्टुन, विभिन्न कम्पनीको चुरोट नौ प्याकेट, चाउचाउ २० प्याकेट र पांच किलो कुखुराको मासु चोरी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।
यसैबीच उक्त किराना पसलमा चोरी गरेको आरोपमा स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर ०६ काउले बस्ने २२ वर्षीय तोरण परियारलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले उक्त चोरीमा संलग्न रहेको आरोपमा परियारलाई पक्राउ गरी नकवजनी चोरी मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।