भारतबाट गोवाका लागि उडेको इन्डिगो विमानको उड्दाउड्दै इन्जिन ‘फेल’ भएपछि ……………. ………

भारतबाट गोवाका लागि उडेको इन्डिगो विमानको उड्दाउड्दै इन्जिन ‘फेल’ भएपछि ……………. ………


  • एजेन्सीहरु
  • बिहिबार, १ साउन २०८२
  • 6.7K
    Shares

पोखरा, १ साउन २०८२।

भारतको राजधानी दिल्लीबाट इन्डिगोको विमान दिल्लीबाट गोवाका लागि बुधबार राति ८ बजे उडेको थियो। गोवा पुग्नुपर्ने इन्डिगोकोउक्त विमान उडान नम्बर ६ई ६२७१ बुधबार राति ९:५३ बजे मुम्बई विमानस्थलमा आपत्‌कालीन अवतरण गरेको छ।

विमान उडिरहेकै बेला इन्जिन फेल भएपछि आकस्मिक अवतरण गर्नुपरेको समाचार एजेन्सी पीटीआईले स्रोतहरूलाई उद्धृत गर्दै समाचार लेखेको छ। यद्यपि, इन्डिगोले इन्जिन बिग्रिएको पुष्टि गरेको छैन।

एयरलाइन्स कम्पनीले विज्ञप्ति जारी गर्दै दिल्लीबाट उडान भर्ने क्रममा उडानमा प्राविधिक गडबडी पत्ता लागेको बताएको छ। विमानमा १९१ जना सवार थिए।

प्रोटोकल अनुसार, विमानलाई डाइभर्ट गरी मुम्बई विमानस्थलमा अवतरण गरिएको हो। इन्डिगोले पुनः उडान गर्नुअघि विमानको आवश्यक जाँच गरिने बताएको छ। दिल्लीबाट गोवा जाने यात्रुहरूका लागि अर्को विमानको व्यवस्था गरिएको छ।

प्रतिक्रिया