भारतको पिथौरागढमा जिप नदीमा खस्यो : आठ जना यात्रीको मृत्यु, पांच जना घाइते

भारतको पिथौरागढमा जिप नदीमा खस्यो : आठ जना यात्रीको मृत्यु, पांच जना घाइते


  • एजेन्सीहरु
  • बुधबार, ३२ असार २०८२
  • 5.4K
    Shares

भारतको पिथौरागढमा एउटा जिप नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा आठ जना यात्रीको मृत्यु भएको छ।

मुवानीबाट जिल्लाको बोक्ता जाँदै गरेको उक्त जिप मुवानी क्षेत्रको भण्डारी गाउँ नजिकै पुग्दा अनियन्त्रित भई देश सय मिटर गहिरो खोंचस्थित नदीमा खसेको हो।

पिथौरागढ जिल्लाका एसपी रेखा यादवले,’नदीमा खसेपछि गाडी ठूला ढुंगाहरूसँग ठोक्किएको र उद्धारका क्रममा केही मानिस गाडीमा फसेको भेटिएको जानकारी दिइन्।

उनले थपिन्, ‘नदीमा खसेपछि आठ जनाको घटनास्थलमै मृत्यु भयो। यसबाहेक ५ जना घाइते भएका छन् जसलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ।’ मृत्यु हुनेमा दुई जना स्कूल जाने बालबालिका पनि छन्।

पिथौरागढ प्रहरी, अग्निशमन विभाग र एसडीआरएफको टोली घटनास्थलमा पठाइएको थियो। उद्धार कार्यको क्रममा घाइतेहरूलाई गाडीबाट बाहिर निकालेर उपचारको लागि नजिकैको अस्पताल लगिएको थियो। केही घाइतेहरूलाई हेलिकप्टरबाट उद्धार गरिएको बताइएको छ।

प्रतिक्रिया