अमेरिकामा कार दुर्घटना : दुई नेपाली विद्यार्थीको मृत्यु, थप दुइ जना घाइते

अमेरिकामा कार दुर्घटना : दुई नेपाली विद्यार्थीको मृत्यु, थप दुइ जना घाइते


  • एजेन्सीहरु
  • मंगलबार, ३१ असार २०८२
  • 6.5K
    Shares

अमेरिकामा भएको कार दुर्घटनामा मृत्यु भएका दुई नेपाली बिद्यार्थी राजन यादव र रोजिन ओली

पोखरा, ३१ असार २०८२।

अमेरिकामा भएको कार दुर्घटनामा परेर दुई जना नेपाली मृत्यु भएको छ।

अमेरिकाको लुइसियाना राजमार्ग ५०७ को पश्चिममा रहेको अमेरिकी राजमार्ग ८० मा भएको कार दुर्घटनामा परेर दुई जना नेपाली मृत्यु भएको छ। मृत्यु भएका दुई जना बिद्यार्थीहरुमा लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हुरीबतास र ठूलो वर्षाका बीच स्थानीय समयअनुसार जुलाई १३ शनिबार राति ९ बजेतिर उनीहरूले चलाइरहेको कार रुखमा ठोकिँदै सडकबाट खसेको हो। उनीहरूसँगै होन्डा एकर्डमा सवार २ जना घाइते भएका छन्। घाइते दुई यात्रुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ।

प्रतिक्रिया