बेलायतको राजधानी लन्डनमा उड्नेबित्तिकै खस्यो जहाज

बेलायतको राजधानी लन्डनमा उड्नेबित्तिकै खस्यो जहाज


  • एजेन्सीहरु
  • सोमबार, ३० असार २०८२
  • 6.9K
    Shares

पोखरा, ३० असार २०८२।

बेलायतको राजधानी लन्डनस्थित साउथेन्ड विमानस्थलबाट नेदरल्यान्ड्सको लेलिस्ट्याडका लागि उडेको बिच बी२०० सुपर किंग एयरको जहाज उडे लगत्तै दुर्घटनामा परेको छ।

दुई इन्जिन भएको टर्बोप्रप उक्त बी२०० सुपर किंग विमान साउथेन्ड विमानस्थलमा स्थानीय समयअनुसार आइतबार दिउँसो ४ बजेतिर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाका केही तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भएका छन्।दुर्घटनास्थलमा आगो र धुवाँको मुस्लो देखिएको छ।

विमान १२ मिटर (३९ फिट) लामो रहेको बताइएको छ। विमानमा कति जना थिए भन्ने आधिकारिक जानकारी आइसकेको छैन।

आफ्ना छोराछोरी र श्रीमतीसँग विमानस्थलमा रहेका जोन जोनसनले विमान जमिनमा ठोकिएपछि ठूलो आगोको गोला देखेको बताए।

उनका अनुसार उडेपछि विमान १८० डिग्रीमा घुम्यो र तीन वा चार सेकेन्डपछि तीव्र रूपमा बायाँतिर झुक्दै जमिनमा खस्यो।

प्रतिक्रिया