कतारस्थित अमेरिकी एयरबेसमा इरानको मिसाइल हमला : आयो नेपाली राजदुताबासको यस्तो सुझाब

कतारस्थित अमेरिकी एयरबेसमा इरानको मिसाइल हमला : आयो नेपाली राजदुताबासको यस्तो सुझाब


  • एजेन्सीहरु
  • मंगलबार, १० असार २०८२
  • 13.4K
    Shares

पोखरा १० असार २०८२।

इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा मिसाइल आक्रमण गरेको छ । इरानले सरकारी टेलिभिजनमार्फत कतारस्थित अल उदैद वायुसैनिक बेसमा रहेको अमेरिकी फौजमाथि आक्रमण गरिएको भनेको बेलायती समाचार संस्था द गार्डियनले उल्लेख गरेको छ ।

केही समयअघि सैन्य संगीत बजिरहेको बेला स्क्रिनमा ‘अमेरिकाको आक्रमणको विरुद्ध इरानी सशस्त्र बलको शक्तिशाली र सफल प्रतिउत्तर’ भनेर क्याप्सन देखाइएको भनिएको छ ।

अमेरिकाले उक्त घटना आफ्नो जानकारीमा आएको भन्दै सोमबारको आक्रमणबारे नजिकबाट अध्ययन गरिरहेको बताएको छ । उसले आफ्ना नागरिकलाई सुरक्षित हुन पनि भनेको छ ।

यसैबीच कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानद्वारा गरिएको मिसाइल आक्रमणपछि दोहामा रहेको नेपाली राजदूतावासले त्यहाँ कार्यरत नेपाली नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ।

सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक सूचना जारी गर्दै दूतावासले हालको सुरक्षा परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शान्त र संयमित रहन र तत्कालका लागि यस्थास्थानमै रहन अनुरोध गरेको हो।

दूतावासद्वारा जारी सन्देशमा भनिएको छ, “वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गर्दछौं। कृपया शान्तपूर्वक रहनुहोस् र कतार सरकारको आधिकारिक सूचना तथा निर्देशनको पूर्ण पालना गर्नुहोस्।”

प्रतिक्रिया