मोदीसंग फोनवार्ता लगत्तै ट्रम्पको पाकिस्तानी सेना प्रमुखसंग गोप्य भेट

मोदीसंग फोनवार्ता लगत्तै ट्रम्पको पाकिस्तानी सेना प्रमुखसंग गोप्य भेट


  • एजेन्सीहरु
  • शुक्रबार, ६ असार २०८२
  • 6.3K
    Shares

नवलपुर ६ असार २०८२।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार पाकिस्तानका सेना प्रमुख जनरल असिम मुनिरसँग राष्ट्रपतिको कार्यालय (ह्वाइट हाउस) को बन्द कोठामा भेटवार्ता गरेका छन्।

भेटमा ट्रम्पले मुनिरको प्रशंसा गर्दै उनले द्वन्द्व रोक्न महत्त्वपूर्ण भूमिका खेलेको बताए। मुनिरसँग भेटवार्तापछि ट्रम्पले ह्वाइट हाउसको ल्यानमा पत्रकारसँग भने, ‘यो मान्छेले पाकिस्तानका तर्फबाट यो (भारत-पाकिस्तान युद्ध) रोक्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।’

ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले भनेकी छन्, ‘मुनिरले मे महिनामा भारत र पाकिस्तानबीचको द्वन्द्व रोक्ने श्रेय ट्रम्पलाई दिए। अनि उनको भनाइको सम्मान गर्दै ट्रम्पले उनलाई लन्चका लागि बोलाए।’

ट्रम्पले मुनिरसँग इरान-इजरायल द्वन्द्वबारे पनि छलफल गरेको जानकारी पनि दिए।

दुवैले ह्वाइट हाउसको क्याबिनेट रुममा सँगै खाना खाएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाका कुनै राष्ट्रपतिले पाकिस्तानका सेना प्रमुखलाई ह्वाइट हाउसमा स्वागत गरेको यो पहिलोपटक हो।

मुनिरले ट्रम्पसँग भेट गर्नु केही घण्टाअघि बिहीबारै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका राष्ट्रपतिसँग ३५ मिनेट फोन वार्ता गरेका थिए।

प्रतिक्रिया