एयर इन्डियाको विमान कोलकाता बिमानस्थलमा आपतकालीन अवतरण : ओरालिए सबै यात्रु

एयर इन्डियाको विमान कोलकाता बिमानस्थलमा आपतकालीन अवतरण : ओरालिए सबै यात्रु


  • एजेन्सीहरु
  • मंगलबार, ३ असार २०८२
  • 7.9K
    Shares

पोखरा, ३ असार २०८२।

सान फ्रान्सिस्कोबाट मुम्बईका लागि उडेको एयर इन्डियाको एउटा विमान कोलकातास्थित नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन अवतरण गराइएको छ र यात्रुहरूलाई त्यही बिमानस्थलमै ओरालिएको हो ।

फ्लाइट एआई १८० उक्त विमानको एउटा इन्जिनमा प्राविधिक गडबडी भए पछि करीब ४५ मिनेटपछि उक्त बिमान मङ्गलवार कोलकातास्थित नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालिएको थियो।

बायाँ इन्जिनमा प्राविधिक गडबडीका कारण उडान ढिलाइ भयो । लगभग ०५ः २० बजे सबै यात्रुहरूलाई विमानबाट ओर्लन भनियो । उडान सुरक्षाका लागि यो निर्णय गरिएको विमानका क्याप्टेनले यात्रुहरूलाई बताए ।

के हो कुरा ?
एयर इन्डियाको फ्लाइट एआई१८० निर्धारित समयअनुसार सान फ्रान्सिस्को विमानस्थलबाट उडेको थियो । तर, १२ः४५ बजे कोलकाता विमानस्थलमा आइपुग्दा यसको बायाँ इन्जिनमा प्राविधिक गडबडी देखियो । चार घण्टाभन्दा बढी समय पछि बिहान ५ः२० बजे मात्रै कोलकताको विमानस्थलमा सबै यात्रुहरूलाई ओरालियो ।

अहमदाबाद दुर्घटनापछि त्रासको वातावरण
पाँच दिनअघि अहमदाबादको सरदार वल्लभभाई अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनको ग्याटविक विमानस्थलका लागि उडान भरेको एयर इन्डियाको उडान एआई–१७१ ले उडेको केही सेकेन्डमै बीजे मेडिकल कलेजको होस्टेल भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भयो ।

उक्त विमानमा २४२ जना सवार थिए, जसमा २३० यात्रु, १० क्याबिन क्रू सदस्य र दुई पाइलट थिए । बेलायती नागरिक विश्वास कुमार रमेश बाहेक सबै मारिए ।

प्रतिक्रिया