पोखरा, १ असार २०८२।
भारतको चर्चित तीर्थधाम केदारनाथ धामबाट उडान भरेको हेलिकप्टर जंगलमा दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको छ। केदारनाथ धामबाट गुप्तकाशी जाँदै गरेको आर्यन एभिएसनको उक्त हेलिकप्टर गौरीकुण्ड र सोनप्रयागको बीचमा दुर्घटनाग्रस्त भएको हो ।
उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण (UCADA) द्वारा जारी विज्ञप्ति अनुसार, बिहान ५:२० बजे सात जना सवार थिए – छ जना तीर्थयात्री (पाँच वयस्क र एक बच्चा) र एक पाइलट। यात्रुहरू उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र गुजरातका थिए।
प्राविधिक समस्या र मौसमका कारण दुर्घटना भएको बताइएको छ।
आफ्ना गाईवस्तुको लागि घाँस संकलन गर्न निस्केका स्थानीयहरूले हराएको हेलिकप्टर देखेपछि दुर्घटनाको खबर आएको हो। राष्ट्रिय विपद् प्रतिकार्य बल (NDRF) र राज्य विपद् प्रतिकार्य बल (SDRF) का टोलीहरू दुर्घटनास्थलतर्फ जाँदैछन्।
यसअघि जुन ७ मा केदारघाटीको बडासु हेलिप्याडबाट केदारनाथका लागि उडान भर्ने क्रममा हेलिकप्टरमा प्राविधिक गडबडी भएको थियो । पाइलटले रुद्रप्रयाग–गौरीकुण्ड राजमार्गमा आपतकालीन अवतरण गराएका थिए । यस क्रममा पाइलटको ढाडमा चोट लागेको थियो। हेलिकप्टरमा सवार सबै पाँच जना यात्रु सुरक्षित थिए।