अमेरिकामा क्यालिफोर्नियामा आप्रवासी र प्रहरीबीच ठाउँ ठाउँमा झडप : बिरोध प्रदर्शन उग्र बन्दै

अमेरिकामा क्यालिफोर्नियामा आप्रवासी र प्रहरीबीच ठाउँ ठाउँमा झडप : बिरोध प्रदर्शन उग्र बन्दै


  • एजेन्सीहरु
  • मंगलबार, २७ जेष्ठ २०८२
  • 4.8K
    Shares

पोखरा, २७ जेठ २०८२।

अमेरिकामा क्यालिफोर्निया राज्यको लस एन्जलसमा आप्रवासीमाथि गरिएको छापामारीको विरोधमा शुरु विरोध प्रदर्शन उग्र बनेको छ।

आप्रवासी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएको छ। दुई पक्षबीच भएको झडपका कारण आगजनी र तोडफोड भएका छन्।

प्रहरीले चलाएको गैरघातक गोली लागेर एक जना बेलायती फोटोग्राफर र एक जना अस्ट्रेलियन पत्रकार घाइते भएको छन्। यस्तै ६० जना आन्दोलनकारी घाइते भएको अमेरिकी सञ्चारमाध्यले जनाएका छन्।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले प्रदर्शन नियन्त्रणमा लिन ७ सय जल सैनिक परिचालन गरेको छ। अमेरिकामा अवैध रुपमा बसोबास गरिरहेकाहरुको खोजी र वहिर्गमनको काम तीब्र रुपमा भइरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लस एन्जलसमा मात्रै झण्डै २ हजारको संख्यामा सुरक्षा गार्डका सैनिक परिचालन गरेको छ।

यसैबीच क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले यस कदमविरुद्ध संघीय प्रशासनमाथि नै मुद्दा दायर गरेका छन्। सेना परिचालनका विषयमा डेमाक्र्याट गभर्नरहरु एकमत भएर विरोधमा उत्रिएका हुन्।

प्रतिक्रिया