पोखरा, २४ जेठ २०८२।
केदारनाथ जाँदै गरेको हेलिकप्टर सडकमा आकस्मिक अवतरण गर्ने क्रममा कारमा ठोक्किएको छ भने हेलिकप्टर चालक सामान्य घाइते भएका छन्।
शनिबार दिउँसो बारासुस्थित आफ्नो आधारबाट पांच जना यात्रु लिएर केदारनाथ धाम जाँदै गरेको केस्ट्रेल एभिएसन प्राइभेट लिमिटेडको हेलिकप्टरमा प्राबिधिक गडबडी देखिए पछि पाइलतले उक्त हेलिकप्टर भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयाग जिल्लास्थित हेलिकप्टर सडकमा आपत्कालीन अवतरण गरेको बताइएको छ।
जिल्ला पर्यटन विकास अधिकारी तथा हेली सेवा नोडल अधिकारी राहुल चौबेले भने, ‘पाइलटले समयमै समस्या थाहा पाए र नजिकै खाली बाटो देखेपछि आपत्कालीन अवतरण गराए। हेलिकप्टरमा रहेका पाँचै यात्रु सुरक्षित छन्, पाइलटलाई भने सामान्य चोट लागेको छ र सडकमा पार्क गरिएको कारमा क्षति भएको छ।’
घटनाको जानकारी पाउनेबित्तिकै प्रशासनले घटनास्थलमा टोली पठाएर हेलिकप्टर सडकबाट हटाएको थियो।