थाइल्यान्डकी सुन्दरी चुआङ्स्रीले जितिन्, मिस वर्ल्ड २०२५को उपाधि

थाइल्यान्डकी सुन्दरी चुआङ्स्रीले जितिन्, मिस वर्ल्ड २०२५को उपाधि


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ जेष्ठ २०८२
  • 7.1K
    Shares

पोखरा, १८ जेठ २०८२।

थाइल्यान्डकी सुन्दरी ओपल सुचाता चुआङ्स्रीले मिस वर्ल्ड २०२५ को ताज जितेकी छन्। ७१औँ मिस वर्ल्ड क्रिस्टिना पेज्कोभाले ओपललाई उनको शिरमा मिस वर्ल्ड २०२५को ताज पहिराएर सम्मान गरिन्।

यस प्रतियोगितामा पहिलो रनर-अप इथियोपियाकी हासेट डेरेजे थिइन् भने दोस्रो रनर-अप मार्टिनिककी औरेली योहाचिम भइन्।

मे ७ मा शुरु भएको यो रोमाञ्चक प्रतियोगिता मे ३१ शनिबार नयाँ मिस वर्ल्डको छनोटसँगै समाप्त भयो।

समापन समारोह अर्थात् मिस वर्ल्ड ग्रान्ड फिनाले तेलंगानाको हैदराबादस्थित हाइटेक्समा आयोजना गरिएको थियो।

प्रतिक्रिया