युगान्डामा एक नेपालीको हत्या

युगान्डामा एक नेपालीको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ९ बैशाख २०७४
  • 9.9K
    Shares

युगान्डामा एक नेपालीको हत्या भएको छ । युगान्डाको एक चिनी मिलमा सुपरभाइजरका रुपमा काम गर्दै आएका संखुवासभा साल्मा केउरिनीपानीका सिताराम बुढाथोकी हत्या भएको हो ।

एनआरएन युगान्डाका अध्यक्ष रमेश कँडेलका अनुसार सुपरभाइजरका रुपमा काम गर्दै आएका उनको स्थानीय कर्मचारीले आक्रमण गरी हत्या गरेका हुन् । हत्या कहिले र किन गरिएको खुल्न सकेको छैन् ।

त्यसैगरी हत्याको विषमा बोल्दै एनआरएनका कोषाध्यक्ष हिक्मत थापाले भने, ‘हत्याको विस्तृत जानकारी प्राप्त गर्न सकेका छैनौँ यसको बारेमा बुझ्न हामील युगान्डाको चिनी मिल र इजिप्टस्थित नेपाली दूतावासमा सम्पर्क गरिरहेका छौँ । ’

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया