पोखरा, २८ बैशाख २०८२।
भिखारीको भेषमा रहेका एक जना बंगलादेशी गुप्तचर अधिकारीलाई भारतको सिलगड़ीबाट प्रहरीले पक्राउ गरेको छ।
सीमा सुरक्षा बलको एक टोलीले बंगलादेशी गुप्तचर अधिकारी अशरफुल आलमलाई शुक्रबार पश्चिम बंगालको दिनाजपुरमा रहेको बागडोगरा सैन्य छावनी नजिकैबाट पक्राउ गरेको हो।
दैनिक भास्करको रिपोर्ट अनुसार, अशरफुल आलम नामका एक व्यक्ति लामो समयदेखि सैन्य छावनी नजिकै घुमिरहेका थिए। देख्दा भिखारी जस्तो देखिने अशरफुल आलमले शंकाश्पद गतिबिधि गरेपछि
बीएसएफका जवानहरूले उनलाई सोधपुछ गरेका थिए । सोधपुछका क्रममा एउटै र एकैखालको बयान नदिएका आलमको साथबाट केही आपत्तिजनक कागजातहरू र इलेक्ट्रोनिक उपकरणहरू बरामद भए पछि मात्र उनी जासूस भएको खुलेको प्राप्त समाचारमा जनाइएको छ। अद्यापि अशरफुलले पहिले बंगलादेशको गुप्तचर निकाय मैनामतीमा काम गरेको बताएका छन्। उनी क्यान्टोनमेन्टमा केही गोप्य जानकारी सङ्कलन गर्ने प्रयास गरिरहेका भारतीय प्रहरीको दाबी छ।
बीएसएफका एक अधिकारीका अनुसार अशरफुललाई पक्राउ गरेपछि बंगलादेशी दूतावासलाई सम्पर्क गरिएको छ। उनको नेटवर्कको बारेमा अनुसन्धान भइरहेको छ।