पोखरा, २८ बैशाख २०८२।
चिनियाँ विदेशमन्त्री वाङ यीले भारत र पाकिस्तानले मिलेर वार्ताको माध्यमबाट स्थायी शान्तिको दिशा समात्नु आवश्यक रहेको बताएका छन्।
भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालसंग शनिबार बिहान भएको टेलिफोन संवादमा चिनियाँ विदेशमन्त्री वाङ यीले त्यस्तो कुरा बताएका हुन्।
चिनियाँ विदेश मन्त्रालयले देशमन्त्री वाङ यीको शनिबार बिहान रतका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालसंग टेलिफोन वार्ता भएको एक प्रेस विज्ञप्तिमार्फत पुष्टि गरेको छ। उक्त बिज्ञप्तिमा विदेशमन्त्री वाङ यीले, भारत र पाकिस्तानले मिलेर वार्ताको माध्यमबाट स्थायी शान्तिको दिशा समात्दा दुवै देश र सम्पूर्ण विश्वको हितमा हुने कुरा बाताएको उल्लेख गरिएको छ।
टेलिफोन वार्तामा वाङ यीले पहलगाम आक्रमणको चीनको तर्फबाट निन्दा गरेका छन् । ‘चीन सबै प्रकारका आतङ्कवादको विरोध गर्छ’, अहिलेको विश्व परिस्थिति जटिल भएको उल्लेख गर्दै उनले एशियामा शान्ति कायम राख्नु अत्यन्त आवश्यक भएको जोड दिंदै बताए ।
उनले थपे, ‘भारत र पाकिस्तान यस्ता छिमेकी हुन् जसलाई परिवर्तन गर्न सकिँदैन, र यी दुवै चीनका पनि छिमेकी हुन् । चीन भारतको युद्ध चाहँदैन भन्ने अडानको कदर गर्छ ।’
उक्त विज्ञप्तिका अनुसार , डोभालले वार्ताका क्रममा पहलगाममा भएको आतंकवादी आक्रमणले भारतीय नागरिकहरूलाई गम्भीर क्षति पुगेको छ, जसका कारण भारत कडा आतङ्कविरोधी कदम चाल्न बाध्य भएको बताएका विज्ञप्तिमा उल्लेख छ ।
युद्ध भारतको रोजाइ नभएको र यो कुनै पनि पक्षको हितमा नभएको पनि उनले बताएको विज्ञप्तिमा जनाइएको छ । ‘भारत र पाकिस्तान युद्धविरामको प्रतिबद्धतामा छन् र क्षेत्रीय शान्ति तथा स्थायित्व छिट्टै पुनःस्थापनाको दिशामा प्रयासरत छन्’, दोभालको भनाई उद्धृत गर्दै चिनियाँ विदेश मन्त्रालयले जनाएकोछ ।