कश्मीरमा लागू भएन युद्धविराम, श्रीनगरमा विस्फोट

कश्मीरमा लागू भएन युद्धविराम, श्रीनगरमा विस्फोट


  • एजेन्सी
  • आइतबार, २८ बैशाख २०८२
  • 6.4K
    Shares

पोखरा, २८ बैशाख २०८२।

भारत र पाकिस्तानबीच शनिबार साँझदेखि सुरु भएको युद्धविरामको सहमति सबैतिर लागू नभएको देखिएको छ। कस्मिरका मुख्यमन्त्री ओमर अब्दुल्लाहले विस्फोटको आवाज सुनिएको बताएका छन्।

‘युद्धविराम के भयो? श्रीनगरभरि विस्फोटको आवाज सुनिन्छ!’ उनले लेखेका छन्।

कस्मिरमा रहेको पत्रकारहरुले पनि विस्फोटको आवाज सुनिएको र भारतको हवाइ प्रतिरोधी प्रणाली सक्रिय भएको बताएका छन्। रात परेपछि स्थानीयहरुले पनि अनेकौँ विस्फोटको आवाज सुनेको पुष्टि गरेका छन्।

यता भारतसँग युद्धविराम सम्झौता भएको केही घण्टामै पाकिस्तानले फेरि ड्रोन आक्रमण शुरु गरेको आरोप भारतीय सञ्चारमाध्यमले लगाएका छन्।

धेरैवटा भारतीय सञ्चारमाध्यमले पाकिस्तानले जम्मू-कश्मीर क्षेत्रमा फेरि गोलाबारी गरेको भनी समाचार लेखेका छन्।

प्रतिक्रिया