कोलोम्बियालाई पराजित गर्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

कोलोम्बियालाई पराजित गर्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि


  • जन संचारजनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३१ असार २०८१
  • 6.4K
    Shares

कोलोम्बियालाई पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका- २०२४ को उपाधि रक्षा गरेको छ। कोलम्बियालाई पराजित गरेसँगै अर्जेन्टिनाले कीर्तिमानी १६ औँ उपाधि उचालेको हो।

अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सोमबार बिहान भएको फाइनलमा कोलोम्बियामाथि १–० संर्घषपूर्ण जित निकाल्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि रक्षा गरेको हो।

खेलको १ सय १२ औँ मिनेटमा लउतारो मार्टिनेजको निर्णायक गोलमा अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपाको उपाधि उचालेको हो।

निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेलको ६६ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले चोटक बोक्दै मैदान छाडेका थिए।

कोलोम्बियाको हारसँगै २७ खेलको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ।

फाइनल खेल सोमबार बिहान निर्धारित समयभन्दा करिब ७५ मिनेट ढिला गरि सुरु भएको थियो। अर्जेन्टिना र कोलोम्बियाबिचको फाइनल हेर्न दर्शकहरु खेल सुरु हुनुभन्दा निकै अघि स्टेडियममा पुगेका थिए।

तर बिना टिकटका दर्शक पनि स्टेडियम छिर्न खोजेपछि केहीबेर तनावको स्थिती उत्पन्न भएको थियो।

आयोजकले समर्थकलाई नियन्त्रित रहन बारम्बार आग्रह गरेपनि अनियन्त्रित व्यवहार गर्ने दर्शकलाई बाहिर निकालिने वा गिरफ्तार गर्ने चेतावनी समेत दिएको थियो।

प्रतिक्रिया