सेनाद्वारा माओवादीविरुद्ध उजुरी, हराएका आठ सैनिक खोजिदिन आग्रह

सेनाद्वारा माओवादीविरुद्ध उजुरी, हराएका आठ सैनिक खोजिदिन आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २९ फाल्गुन २०७३
  • 16.2K
    Shares

सैनिक मुख्यालयले आफ्ना ८ जना सैनिकहरू माओवादीले बेपत्ता पारेको उल्लेख गर्दै उनीहरूको अवस्था पत्ता लगाउन माग गर्दै बेपत्ता आयोगमा उजुरी गरेको पाइएको छ। आयोग स्रोतले दिएको जानकारीअनुसार माओवादीबाट बेपत्ता पारिएका भनिएकाहरूमा मुसेपानी वडा नं ७ डडेलधुराका मानबहादुर साउद तथा पञ्चमूल स्याङ्जाका पदमप्रसाद तिवारीलगायतको अवस्था पत्ता लगाउन माग गर्दै नेपाली सेनाको मुख्यालयले पत्र पठाएको हो। यसै गरी खैराघाती महेन्द्रनगर कञ्चनपुरका जगबहादुर चन्द, उर्लाबारी झापाका उदयकुमार श्रेष्ठ, बतासे वडा नम्बर ६, सिन्धुपाल्चोकका गेदबहादुर बस्नेत, बैतडीका प्रेमसिंह धामीलाई पनि खोजी गरिदिन माग गर्दै नेपाली सेनाबाट आयोगलाई लिखित रूपमा माग गरिएको छ।

सैनिक मुख्यालयबाट खोजी कार्य गरिदिन माग गर्दै आयोगमा पत्र पठाइएकाहरूमा रोदीदेवल वडा नम्बर ६, बैतडीका देवबहादुर चन्द र त्रियुगा नगरपालिका वडा नम्बर १ उदयपुरका लीला श्रेष्ठ रहेका छन्।

मुख्यालयबाट पठाइएको पत्रमा तत्कालीन विद्रोही पक्षबाट बेपत्ता बनाइएकाहरूको विवरण पठाइएको र उनीहरूको अवस्था पत्ता लगाउन सो पत्रमा अनुरोध गरिएको आयोग स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दियो।पत्रमा उनीहरू नेपाली सेनामा कार्यरत रहँदा तत्कालीन विद्रोही पक्षबाट बेपत्ता बनाइएको उल्लेख गरिएको छ। उनीहरू नेपाली सेनाको कुन कार्यालयमा कार्यरत रहँदा बेपत्ता बनाइएको हो भन्नेबारेमा पनि पत्रमा खुलाइएको छ।
गौतमको हत्यापछि पुनर्वास क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो।

सरकारले गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्योष्टि गर्ने, शहीद घोषणा गर्ने, छोराछोरीलाई सरकारले निःशुल्क पढाउने र श्रीमतिलाई सरकारी जागिर दिने र १० लाख रुपियाँ राहत दिने घोषणापछि सो क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ। शुक्रबार हजारौंको संख्यामा स्थानीय जम्मा भएर गोलीकाण्डको विरोध जनाएपछि स्थानीय प्रशासनले शनिबार आनन्द बजार क्षेत्रमा निशेषधाज्ञा घोषणा गरेको छ। सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएकाले शनिबार प्रदर्शन नभए पनि लुकीछिपि घटनास्थलतर्फ जानखोज्नेलाई प्रहरीले फिर्ता गरेको छ।

शनिबार पनि सु्दूरपश्चिमका प्रमुख नाका गड्डाचौकी, गौरीफन्टासहित कञ्चनपुर, कैलालीका सीमा नाका बन्द गरिएको छ। स्थानीय स्वतःस्फूर्त विरोध प्रदर्शनमा उत्रिएका छन्। भन्सार नाकामा हुने दैनिक कारोबार प्रभावित बनेको छ।

प्रतिक्रिया