जिर्ण बन्दै कञ्चनपुरका ‘सिमा स्तम्भ’हरु

जिर्ण बन्दै कञ्चनपुरका ‘सिमा स्तम्भ’हरु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २८ बैशाख २०७३
  • 27.7K
    Shares

नेपाल–भारत सिमाना छुट्¥याउने कञ्चनपुरका ‘सिमा स्तम्भ’हरु जिर्ण बन्दै छन् । समयमै उचित मर्मत सम्भार हुन नसक्दा यहाँका सिमा स्तम्भहरु जिर्ण बनेका हुन् । कञ्चनपुरको पूर्वी दक्षिण डोकेबजार देखि उत्तर पश्चिम ब्रम्हदेबसम्मका अधिकाँस सिमा पिलरहरु भत्किने, ढल्ने अवस्थामा पुगेका छन् ।बाहिर र भित्र देखि पिल्लरहरु कमजोर बनेका छन् । पिलरको आयु र बाहिरी रुपमा हावापानीका कारण समेत जमिन संगै सर्पोटका लागि राखिएका ईटाहरु पिलरबाट अलगिएका छन् । यसरी कञ्चनपुरका सिमा स्तरम्भहरु जिर्ण बनेपनि सरकारी पक्षबाट वेवास्ता गरिएको छ । सम्बन्धीत निकायको वेवास्ताका कारण दुई देशको सिमा छुट्टाउने स्तम्भहरुको अवस्था नाजुक बनेको छ । सीमाका स्तम्भहरु जोर भारत र बिजोर नेपालले पूर्ननिर्माण गर्नुपर्ने भएपनि सम्बन्धीत मुलुकहरुले चासो समेत दिएका छैनन् ।

जिल्लाका अधिकाँस पिलरहरुको अवस्था चिन्ताजनक छ, भने कतिपय पिल्लरहरु ढलेका छन् । कञ्चनपुरको उत्तरी पश्चिम क्षेत्रका पिल्लरहरु महाकालीमा आएको वाढिका कारण ढलेका छन् । तिन वर्ष पहिले दार्चुलामा गएको वाढिबाट ढलेको ब्रम्हदेव खल्लामछेट्टेको ८१३ ९एक० नम्बरको पिलर ढलेको हो । उक्त पिलर हालसम्म पनि पूर्ननिर्माण गरिएको छैन् ।

बनबासा–गड्डाचौकीको एच–०१ बाहेका अधिकाँस पिल्लहरुको अवस्था सुकेर ढल्लै लागेको रुखको अवस्था जस्तै भएका छन् । केही पिलरहरुको माथिबाटै इटा खुसेका छन्, भने विच विचको भाग र केहीको जमिनको सतहै बाट खसेका छन् । जिल्लाको उत्तरी–दक्षिण डोकेबजारमा रहेको ८१६÷१नम्बरको पिलरको सहतमा रहेका इटाहरु भत्किएका छन् ।

सतह देखि नै सो पिलरका इटाहरु खुसेर अलगिएका छन् । पिल्लरहको चारैतिर बाट इटाहरु भत्किएका कारण उक्त स्तम्भ खस्ने अवस्थामा पुगेको छ । यसरी कञ्चनपुरका सिमा स्तम्भका अवस्था बारे पटक पटक माथिल्लो निकायमा जानकारीका साथै प्रतिवेदन पेश गरेपनि पूर्ननिर्माणमा कुनै पहल भएको छैन् ।

शसस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय कञ्चनपुरका सशस्त्र प्रहरी उपरिक्षक तारादत्त पन्तले जिल्लाका सिमा स्तम्भहरुको अवस्था बारे माथिल्लो निकायका साथै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा प्रतिवेदन पेश गरेको बताउनुभयो । ‘शसस्त्र प्रहरी बल सीमा कार्यालय बाट स्तम्भहरु पूर्ननिर्माणका लागि प्रतिवेदन पेश गरिसकेको छ ।’, उनले भने,‘तर पनि हालसम्म पूर्ननिर्माणका काम हुन सकेको छैन् ।’ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि सिमा सुरक्षा बल कार्यालयको सिमा स्तम्भ बारे प्रतिवेदन गृह मन्त्रालयमा पठाएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रशाद खनालले जिर्ण रहेका सिमा स्तम्भ पूर्ननिर्माणका लागि गृहमन्त्रालयमा प्रतिवेदन पेश गरेको जानकारी दिनुभयो । कञ्चनपुरका नागरिकहरुले समेत सिमा स्तम्भ संवेदनशिल विषय भएकाले दुवै देशका सम्बन्धीत सरकारी अधिकारीहरुले पूर्ननिर्माण गर्नुपर्नेमा जोडदिएका छन् ।

प्रतिक्रिया