युरिक एसिड बढेमा हड्डी, जोर्नी आदि एकदमै दुख्छन् । घरेलु उपाय अपनाएर युरिक एसिड कम गर्न सकिन्छ । कागती :कागतीमा छार पाइन्छ । छारले युरिकलई कमजोर पार्छ र शरीरलाई रहत दिन्छ । कागतीमा पाइने भिटामिन सीले शरीरमा युरिक युरिक एसिडको मात्रा समेत घटाउँछ । मनतातो पानीमा कागती निचोरेर बिहान खाने गर्नाले केही दिनमा युरिक एसिड कम भएको महसुस हुन्छ ।
गहुँको जमरा : गहुँको जमरामा भिटामिन सी, क्लोरोफिल र पाइटोकेमिकल नामक तत्व पाईन्छ । जसले शरीरलाई विकाररहित बनाउँछ । दुुई चम्चा गहुँको जमाराको जुस कागतीको रसमा मिसाई खानाले युरिक एसिडबाट राहत मिल्छ ।
बेकिङ सोडा : बेकिङ सोडा खानाले शरीरभित्र जम्मा भएको युरिक एसिड पानीमा घुलेर किड्नी हुँदै शरीरबहिर निस्किन्छ । आधा चम्चा बेकिङ सोडा एक ग्लास पानीमा मिसाएर दिनमा चार पटक दुई सातासम्म लगातार पिउँदा युरिक एसिड कम हुन्छ ।
एप्पल सिडर मिनेगर : बजारमा एप्पल सिडर भिनेगरले शरीरमा जम्मा भएका विकार हटाउने , युरिक एसिडको दुखाई कम गर्छ । यसमा मेलिक एसिड पनि पाइन्छ । जसले युरिक एसिड कम गर्छ । एप्पल सिडर भिनेगर खानले शरीरमा छारको मात्रा बढ्छ , जसले एसिडलाई कम गर्छ । एक चम्चा एप्पल सिडर भिनेगर एक ग्लास पानीमा मिसाएर दिनमा दुई , तीन पटक खानाले युुरिक एसिड कम हुन्छ ।