किन गरे पर्यटनमन्त्री किरातीले पशुपति विकास कोषको अतिक्रमित ३१ रोपनी जग्गालाई वैधता दिने निर्णय ?

किन गरे पर्यटनमन्त्री किरातीले पशुपति विकास कोषको अतिक्रमित ३१ रोपनी जग्गालाई वैधता दिने निर्णय ?


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ जेष्ठ २०८०
  • 2.1K
    Shares

भ्रस्टाचारबिरुद्ध खरो रुपमा फिल्डमा नै उत्रिएर कार्य गरेकोमा जनतामाझ ख्याति कमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अरबौं रुपियाँ मूल्य पर्ने पशुपति विकास कोषको ३१ रोपनी जग्गा बिभिन्न व्यक्तिको नाममा हुने गरी हाल साबिक गर्ने निर्णय गरिदिएको समाचार सार्वजनिक गरेको छ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट ठानिएको रातोपाटी डट कमले आज बिहान नागरिक दैनिकले छापेको समाचारलाई आधार बनाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति विकास कोषको अतिक्रमण गरिएको ३१ रोपनी जग्गालाई वैधता दिने निर्णय गरेका उल्लेख छ। मन्त्री किराँती नेकपा माओवादी केन्द्रकै तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्रीका रुपमा सरकारमा सहभागी भएका हुन्।

पशुपति विकास कोषको अतिक्रमण गरिएको कागेश्वरी मनोहरा नगरपालिमा पर्ने साबिक गोठाटारमा रहेको ५३५ रोपनी ३ आना जमिनमध्ये ३१ रोपनी जमिन अतिक्रमण भएको अध्ययनमा देखिँदादेखिँदै जग्गा खोजी नगरी किरातीले हालसाविक गर्ने निर्णय गरेका उक्त समाचारमा जनाइएको छ।

अतिक्रमण गरेको जमिन खोजेर फिर्ता ल्याउनुपर्नेमा पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका पर्यटनमन्त्री किरातीले त्यसलाई हालसाविक गर्ने निर्णय गरे पछि आलोचना भएको छ । त्यसमा कोषका सदस्य सचिव मिलनकुमार थापाको पनि मिलेमतो देखिएको छ ।

यसअधिका पर्यटनमन्त्री प्रेम आलेले हालसाविक गर्न नमानेको जमिनलाई अहिलेका पर्यटनमन्त्री किरातीले शंकास्पद ढंगले हालसाविक गर्ने निर्णय गरेको आरोप लागेको छ । मन्त्री किरातीले नापीको विवरणअनुसार अतिक्रमण भएको बाहेक ५०४ रोपनी ३ आना मात्र जमिन सबै प्रकारका कैफियत हटाई हालसाविक गरी पठाइदिन अनुरोध गर्दै मालपोत कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेका छन्। मन्त्री किरातीले कोषका सञ्चालक सदस्यहरूको सहमतिविना एकलौटी ढंगले हराएको ३१ रोपनी जमिन
नखोजी हालसाबिक गर्ने निर्णय गरेको कोषका एक सदस्यले बताए।

प्रतिक्रिया