नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले इन्गेजमेन्ट गरेका छन्।
जयवीरले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका हुन्।
गत जेठ १ गते समारोहमा दुई परिवार र केही साथीहरूको उपस्थितका बीच जयवीरले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका हुन्। जयवीर र शिवाना दुबै छुट्टाछुट्टै व्यवसायमा संलग्न छन्।
देउवाको पारिवारिक स्रोतका अनुसार जयवीर र शिवानाबीच माघमा बिहे गर्ने तयारी छ।
‘अहिले औंठी साटासाट गरिएको हो। सानो समारोहमा इन्गेजमेन्ट गरिएको हो। बिहे माघमा गर्ने कुरा छ’, स्रोतले भन्यो, ‘इन्गेजमेन्ट समारोहमा दुबै परिवारका सदस्यहरू उपस्थित थिए।’