पाल्पामा ९२ वर्षीय वृद्ध जेल चलान !

पाल्पामा ९२ वर्षीय वृद्ध जेल चलान !


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ बैशाख २०८३
  • 1.5K
    Shares

पोखरा , १८ बैशाख २०८३।`

पाल्पामा ९२ वर्षीय बृद्धलाई प्रहरीले पक्राउ गरेको छ।

हातहतियार सम्बन्धि मुद्दामा चार महिना कैद भुक्तान गर्न बाँकी रहेका रामपुर नगरपालिका-३ का ९२ वर्षीय मेकबहादुर सेनलाई प्रहरीले बिहिबार दिउँसो साढे ३ बजे पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब निरीक्षक होमप्रकाश चौधरीले दिएको जानकारी अनुसार , उनले २०८१ साउन २७ गते जिल्ला अदालत पाल्पाले हातहतियार मुद्दामा चार महिना कैदको फैसला गरेको थियो र त्यस यता उनी फरार थिए।

पक्राउ परेका सेनलाई बाँकी कैद भुक्तानका लागि जिल्ला अदालत पाल्पामा पेश गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया