खरबुजा चो’रीको आरोपमा बारीमा बल लिन पुगेका ११ वर्षीय बालकलाई हातखुट्टा बाँ’धेर निर्घा’त कु’टपिट, कुकुर लगाएर टो’काइयो

खरबुजा चो’रीको आरोपमा बारीमा बल लिन पुगेका ११ वर्षीय बालकलाई हातखुट्टा बाँ’धेर निर्घा’त कु’टपिट, कुकुर लगाएर टो’काइयो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ बैशाख २०८३
  • 1.3K
    Shares

पोखरा , १८ बैशाख २०८३।`

खरबुजा चो’रीको आरोप लगाउदै बालकलाई दिइएको यातना

कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोलखरीमा ११ वर्षीय एक बालकमाथि अत्यन्त अमानवीय व्यवहार गरिएको घट’ना सार्वजनिक भएको छ।

खरबुजा चो’रेको आ’रोपमा बालकलाई डोरीले हातखुट्टा बाँधेर कु’टपिट गर्नुका साथै कुकुर लगाएर टो’काइएको बताइएको छ। बुधबार भएको उक्त घटनामा संलग्न ३६ वर्षीय भोजनाथलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीमाथि ज्यान मा’र्ने उद्योग अन्तर्गत मु’द्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पी’डित बालक राजेश भण्डारीको टाउकोमा ग’म्भीर चो’ट लागेको छ। उनको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ, जहाँ टाउकोमा तीन टाँका लगाइएको जनाइएको छ।

प्रारम्भिक विवरण अनुसार, चौधरी नदी किनारमा क्रिकेट खेलिरहेका बालकको बल भोजनाथको बारीमा पुगेको थियो। बल लिन गएका बालकलाई खरबुजा चो’र्न आएको आरोप लगाउँदै बाँधेर कुटपिट गरिएको खुलेको छ।

प्रतिक्रिया