त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ८ फाल्गुन २०७३
  • 7.7K
    Shares

डेढ केजी सुनका गहना लगाएर दुबईबाट आएका भारतीय नागरिक त्रिभुवन विमानस्थलमा पक्राउ परेका छन्। त्रिभुवन विमानस्थल भन्सार कार्यलयले भारतीय नागरिक कश्यक कान्तिलाललाई पक्राउ गरेको हो। ३५ बर्षीय कान्तिलाल आइतबार दिउँसो १२ बजे एयर अरेबियाबाट त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए।

उनले आधा आधा केजी सुनको दुई वटा सिक्री र आधा केजी सुनको बाला लगाएर आएको विमानस्थल भन्सार कार्यालय प्रमुख नारायण सापकोटाले जानकारी दिए।

कान्तिलालबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ।

प्रतिक्रिया