अष्ट्रेलियाको वेस्टप्याक बैंकले दुई वर्ष अगाडि गरेको गल्तीका कारण एक युवतीको खातामा भुलबस २६ लाख पाउण्ड बराबरको रकम जम्मा भयो ।
सिड्नीमा बस्ने २१ वर्षीया क्रिस्टिन जियाक्सिनले आफु एकाएक करोडपति बनेपछि खर्च गर्नमा पनि कुनै कसर बाँकी राखिनन् । मात्र ११ महिनामा उनले करीब २९ करोड रुपैयाँ खर्च गरेर उडाइन् ।
जब बैंककलाई आफ्नो गल्ती महसुस भयो तब उसले ती युवतीलाई सम्पर्क गर्ने कोसिस गर्यो । तर बैंकले सम्पर्क गर्ने कोसिस गरेसँगै मेकानिकल इन्जिनियरिंगमा अध्ययनरत क्रिस्टिन फरार भएकी छिन् ।
गरगहनादेखि लत्ताकपडा खरिद गर्नेमात्र होइन पेन्ट हाउसमा आफ्नो महँगो पेन्टिंग बनाउने कामसम्म उनले गरिन् । उनले २५ सय पाउण्ड बराबरको रकम त आफ्नो अर्को बैंक खातामा सारिन्। बैंकले सम्पर्क गर्न खोज्दा उनी फरार भइन् । बैंकले अनेक उपाय अपनाएर उनीमाथि १० करोड रुपैयाँ बराबरको रकम फिर्ता ल्याउन सफल भएको छ । तर अरु रकम उनले पचाउने सुर गरेकी छिन् ।