कर छल्ने तीन ब्यापारिबिरुद्द राजस्व अनुसन्धान विभागद्वारा मुद्दा दायर

कर छल्ने तीन ब्यापारिबिरुद्द राजस्व अनुसन्धान विभागद्वारा मुद्दा दायर


  • जन संचार
  • आइतबार, १९ भाद्र २०७९
  • 3.2K
    Shares

कर छलेको आरोप

राजश्व अनुसन्धान विभागले आयकर र भ्याट छलीको आरोपमा तीन जना व्यवसायी विरुद्ध मुद्दा दायर गरेको छ ।

काठमाडौंको बसुन्धारामा रहेको दुर्गा ट्रेडर्सका सञ्चालकहरु ट्रेडर्सका सञ्चालकहरु धीरजकुमार जैसवाल, सुमनकुमार श्रेष्ठ र राहुलकुमार जैसवाल बिरुद्ध विभागले ५ करोड ४६ लाख ५१ हजार रुपैयाँ मूल्य अभिबृद्धि र आयकर छलीको आरोप लगाउँदै शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

उनीहरुले मूल्य अभिबृद्धितर्फ १ करोड ७१ लाख ३२ हजार १७० रुपैयाँ र आयकरतर्फ ३ करोड ७५ लाख १९ हजार १६८ रुपैयाँ छलीको आरोप लगाएको छ ।

मूल्य अभिबृद्धि र आयकर छल्नका लागि फर्मले नक्कली बिल बिजक जारी गरेको विभागको दाबी छ । आरोपितहरुसंग सत प्रशित जरीवाना सहित विगो रकम १० करोड ९३ लाख २ हजार ६७६ र हदैसम्मको कैद सजाय माग गरिएको विभागको जनाएको छ ।

प्रतिक्रिया