राजधानी काठमाण्डौको भृकुटीमण्डपस्थित काठमाडौँ फनपार्कलाई महानगरपालिकाले राजेश्व तिर्न २४ घन्टे अल्टिमेटम दिएको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनमा फनपार्कलाई विभागीय प्रमुख डा.शिवराज अधिकारीले २४ घण्टे अल्टिमेटम दिदै पत्र काटेका छन् ।
फनपार्कले महानगरपालिकालाई तिर्नुपर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरल कर लामो समयदेखि बुझाएको छैन । यसका लागि पटक पटक ताकेता गर्दा समेत उक्त कर प्राप्त नभएकोले २४ घण्टाभित्र बुझाउन पत्रमार्फत निर्देशन दिइएको छ । तोकिएको समयभित्र राजश्व नबुझाएमा फनपार्क शिलबन्दी गर्ने चेतावनी दिइएको छ।
तोकिएको अल्टिमेटम भित्र कर नतिरे फनपार्क शिलबन्दी गरी असुल उपर गरिने चेतावनी पनि महानगरले दिएको छ । महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीमार्फत गरिएको पत्राचारमा भनिएको छ, ‘व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरको राजस्व विभागमा २४ घण्टा भित्रै बक्यैता र जरिवाना रकम तिर्न जानकारी गराइन्छ ।’
काठमाडौं फनपार्क नेपाली कांग्रेसका नेता एवं पूर्वश्रमराज्य मन्त्री टेकबहादुर गुरुङको कम्पनी हो ।
सामाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्री न्यौापने र टेकबहादुर गुरुङसहित १४ जनाविरुद्ध यस अघि भ्रष्टाचार मुद्दा समेत दायर गरेको थियो ।
