नेपाल बार एसोसिएसन अध्यक्षमा शेरबहादुर विजयी, लोकतान्त्रिक समूहको वर्चश्व

नेपाल बार एसोसिएसन अध्यक्षमा शेरबहादुर विजयी, लोकतान्त्रिक समूहको वर्चश्व


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ चैत्र २०७२
  • 27.4K
    Shares

कानुन व्यवसायीहरुको पेशागत संस्था नेपाल बार एसोसिएसनमा अध्यक्षमा लोकतान्त्रिक समूहका उम्मेदवार शेरबहादुर केसी विजयी भएका छन्। प्रगतिशील समूहका उम्मदवार विजयकान्त मैनालीलाई १८३ मतले पछि पार्दै केसी विजयी भएका हुन् ।
केसीले ३७९८ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्दी प्रगतिशील समूहका मैनालीले ३६१५ मत प्राप्त गरे ।
त्यस्तै महासचिवमा लोकतान्त्रिक समूहका खम्बबहादुर खाती तथा कोषाध्यक्षमा लोकतान्त्रिक समूहकै ज्ञानरत्न शाक्य विजयी बनेका छन् । २५ सदस्यीय केन्द्रीय कार्यसमितिमा अधिकांश लोकतान्त्रिक समूहका रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष केसीले सम्पूर्ण कानुन व्यवसायीको हक अधिकारका लागि लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्षमा विजयी घोषणपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उहाँले कानुन व्यवसायी मात्र भएर आफ्ना प्रतिस्पर्धी विजयकान्तलगायत सबैको सल्लाह लिएर अधि बढ्ने बताउनुभयो ।

उहाँले संविधान कार्यान्वयनका लागि सरकारलाई सहयोग गर्ने उल्लेख गर्दै बार र बेन्चबीचको सम्बन्धलाई राम्रो बनाएर सबै कानुन व्यवसायी एउटै छाताभित्र राखी उनीहरुको हकहितका लागि लड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल बार एशोसियसनको चुनावी परिणाम

bar elec 1bar elec 2

अध्यक्षका प्रतिस्पर्धीबीच सौहार्दता

बारको नयाँ कार्यसमितिको निर्वाचनको परिणाम निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशङकर निरौलाले घोषणा गरे लगतै प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार विजयकान्त मैनालीले नवनिर्वाचित अध्यक्ष केसीलाई हात मिलाएर बधाई दिनुभयो ।

नवनिर्वाचन अध्यक्ष केसीलाई मैनालीले बधाईका साथै सफल कार्यकालको समेत शुभकामना व्यक्त गर्नुभयो । लोकतान्त्रिक समूहको बहुमत विजयी भएपछि बार परिसरमा निकै खुशीयाली छाएको थियो । ‘शेरबहादुर दाई जिन्दवाद’, ‘हाम्रो बार जिन्दावाद’ लगायतका नारा लगाएर विजय उत्सवसमेत मनाइएको थिए । रासस ९तस्बिर÷श्रव्य सामाग्री उपलब्ध छ ।

प्रतिक्रिया