पोखरा, १६ जेठ २०८३।
अबैध तरीकाले छालाको जाकेट बेचिरहेका दुई जना चिनियाँ नागरिक नवलपुरमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले देवचुली नगरपालिका वडा नं. १३ दलदलेबाट बिना अनुमति बिल बिजक समेत नभएका छालाका जाकेट बेचिरहेको अवस्थामा दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चिनियाँ नागरिकहरु राहदानी नं. EN7470689 वाहक CHEN JINQIAN र राहदानी नं. EF6774707 बाहक YI LIHUA रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी डिएसपी अनिल पण्डितले जानकारी दिएका छन्। उनीहरुको साथबाट ४३ थान छालाका जाकेट बरामद भएको पनि प्रहरीले दाबी गरेको छ।
उनीहरुलाई कानूनी कारबाहीका लागि अध्यागमन बिभाग, कालिकास्थान काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ।