६३ दिनदेखि बेपत्ता इन्जिनियरिङका विद्यार्थी महेन्द्रनगरमा मृत भेटिए

६३ दिनदेखि बेपत्ता इन्जिनियरिङका विद्यार्थी महेन्द्रनगरमा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १६ जेष्ठ २०८३
  • 1.8K
    Shares

पोखरा , १६ जेठ २०८३।

६३ दिनदेखि बेपत्ता इन्जिनियरिङका विद्यार्थी महेन्द्रनगरमा मृत भेटिएका छन्।

६३ दिनदेखि बेपत्ता सुदूरपश्चिम विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत गोविन्द रेग्मी बुधबार साँझ महेन्द्रनगरमा मृत भेटिएका हुन्।

प्रहरीका अनुसार , अछामको साँफेबगर घर भई कञ्चनपुरको महेन्द्रनगरमा डेरा गरी बस्दै आएका २३ वर्षीय रेग्मी २०८२ साल चैत ११ गतेदेखि बेपत्ता रहेका थिए। उनलाई नेपाली सेनाको गस्ती टोलीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ⚖️

गोविन्दको खोजीका लागि परिवार र साथीभाइले लामो समयदेखि सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गर्दै आएका थिए। उनको निधनको खबरले परिवार, साथीभाइ र विद्यार्थी समुदाय शोकमा डुबेको छ। 🕊️

प्रतिक्रिया