पूर्व अर्थमन्त्री पाण्डेद्वारा पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन सुझाब

पूर्व अर्थमन्त्री पाण्डेद्वारा पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन सुझाब


  • जन संचार
  • आइतबार, ५ भाद्र २०७९
  • 4.4K
    Shares

पोखरामा आयोजित कार्यक्रममा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशमा बढ्दै गएको भ्रस्टाचार नियन्त्रण गर्न पाँच सय र हजारको नोटमा प्रतिन्ध लगाउनुपर्ने बताएका छन् ।

पोखरामा आयोजित धादिङ पोखरा सम्पर्क मञ्चको ११ औं साधारणसभा तथा तीज विशेष एवं चेलीबेटी भेटघाट कार्यक्रममा बोल्दै नेता पाण्डेले बढ्दो आर्थिक संकट र मौलाउदो भ्रष्टचार रोक्ने एक मात्र र सजिलो उपाय एक हजार र पाचं सय दरका नोटमा प्रविवन्ध लगाउनु पर्ने बताएका हुन् । ‘अहिले ठूलो कारोबार गर्न पाँच सय र हजारको नोट लिएर जाँदा सानो झोलामा लिएर गए भयो । साटसुट सबैकुरा हुन्छ,’ उनले भने, ‘यदि हजार र पाँच सयको नोटमा प्रतिवन्ध लगाए जग्गा पास गर्न जाँदा कि त डिजिटल पेमेन्ट गर्नुप¥यो हैन, भने, ट्रक र बसमा पैसा लैजानुप¥यो ।’

हजार र पाँच सयको नोट प्रतिवन्ध लगाए भ्रष्टचार अन्त्येसँगै डिजिटल पेमेन्टको सुरुवात हुने उनको विश्वास छ । उनले नेपाल केही बर्षपछि नै डिजिटल पेमेन्टमा जाने बताए ।

प्रतिक्रिया