भारतबाट तीन पटकसम्म पेट्रोलियम पदार्थको मूल्य घटेर आयो : आयल निगमले तत्काल मूल्य नघटाउने

भारतबाट तीन पटकसम्म पेट्रोलियम पदार्थको मूल्य घटेर आयो : आयल निगमले तत्काल मूल्य नघटाउने


  • जन संचार
  • मंगलबार, ३१ साउन २०७९
  • 2.9K
    Shares

नेपाल आयल निगमद्वारा आयोजित पत्रकार सम्मेलन

भारतबाट तीन पटकसम्म पेट्रोलियम पदार्थको मूल्य घटेर आउदा पनि नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने भएको छ ।

भारतबाट मंगलबार मात्रै घटेर मूल्य प्राप्त भए पनि निगमले अझै ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत नै राख्ने निर्णय गरेको नेपाल आयल निगमले जनाएको छ।

मंगलबार निगमलाई प्राप्त मूल्यसूचीअनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९० पैसा घटेर आएको थियो । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसा तथा हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटेर आएको थियो ।

भारतीय आयल निगमले उपलब्ध गराएको नयाँ मूल्यसूचीमा निगमलाई पेट्रोलमा ४.७४ पैसा हुन्छ भने निगमले डिजेलमा ४.५० पैसा घाटा देखाएको छ। ग्यासमा पनि चारसय ९९.५७ रुपैयाँ घाटा देखाएको आयल निगमले हवाइ इन्धन र मट्टितेलमा नाफा नै देखाएको छ। तर तत्काल पेट्रोलियम पदार्थको मूल्य नघट्ने नेपाल आयल निगमको स्पस्तोक्ति छ।

आज पत्रकार सम्मेलन गरेर निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले निगम अझै पनि अधिक ऋण र भुक्तानीको बक्यौताको मारमा रहेको जिकिर गर्दै तत्काल पेट्रोलियम पदार्थको मूल्य नघट्ने स्पस्ट पारे।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा निगमले भारतीय आयल निगमलाई विगत चार महिनादेखि अझै २३ अर्ब रुपियाँ तिर्न बाँकी रहेको जिकिर गरेको छ।

निगमले आफ्ना कर्मचारीलाई बोनस र विभिन्न शीर्षकमा सुविधा दिँदै आएको छ भने उपभोक्तालाई चाहिँ लगातार तीन पटक मूल्य घटेर आउँदा पनि समायोजन गरेको छैन । जबकी निगमले स्वचालित मूल्य प्रणाली भन्दै बढेको बेलामा चाहिँ विगतमा भाउ बढाउँदै आएको थियो ।

प्रतिक्रिया