पोखरामा एटिएम मेशिन फोडेर रकम चोरी गर्ने घटनाहरु बढ्न थाले, पोखरा बिरौटामा पनि एटिएम मेशिन फोडियो

पोखरामा एटिएम मेशिन फोडेर रकम चोरी गर्ने घटनाहरु बढ्न थाले, पोखरा बिरौटामा पनि एटिएम मेशिन फोडियो


  • जन संचार
  • आइतबार, २२ साउन २०७९
  • 4.6K
    Shares

कृष्ण बहादुर विक

पछिल्लो समय पोखरामा एटिएम मेशिन फोडेर रकम चोरी गर्ने घटनाहरु बढ्न थालेका छन्। गएको साउन ४ गते पोखरा -२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर १५ लाख चोरी गर्ने अभियुक्तको प्रहरीले सुइङ्को समेत पाएको छैन।

गत असार ३१ गते पोखराको न्युरोडस्थित महानगरपालिका अगाडी  रहेको एनआईसी एसिया बैंकको एटीएम फोडेर भागेका अभियुक्तलाई समातेको कास्की प्रहरीले एनआईसी एसिया बैंककै पोखराको बिरौटास्थित एटिएम मेशिन फोडी नगद चोरी गर्ने अभियुक्तलाई पनि पक्राउ गरेको छ।

पर्वतको जिल्ला कुश्मा नगरपालिका -३ निवासी २३ वर्षीय कृष्ण बहादुर विकलाई एनआईसी एसिया बैंकको बिरौटास्थित एटिएम मेशिन फोडी नगद चोरी गरेको आरोपमा पक्राउ गरेको हो।

अभियुक्त बिकलाई प्रहरीले  गएको साउन २० गते शुक्रबार राति अन्दाजी ११ बजेको समयमा पोखराको बिरौटास्थित एनआईसी एसिया बैंकको एटिएम मेशिन फोडी नगद चोरी गरिरहेकोअवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए।

डिएसपी तिवारीका अनुसार पक्राउ परेका विक यस अगाडि पनि माछापुछ्रे बैंकको एटिएम मेशिन फोड्दै गरेको अवस्थामा पक्राउ परी चोरी उद्योग मुद्धामा जिल्ला अदालत कास्कीबाट रू एक लाख धरौटी जम्मा गर्न नसकी पुर्पक्षको लागी थुनामा पठाएकोमा पछि अदालतबाट मुद्दा फैसला पश्चात तोकिएको कैद भुक्तानी गरी छुटेको थाहा भएको छ।

हाल उनीमाथि जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थपको अनुमति लिएर चोरी उद्योग कसुरमा आवश्यक अनुसन्धान शुरु गरिएको प्रवक्ता तिवारीले जानकारी दिए ।

 

प्रतिक्रिया