नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले आज फेरि अर्थमन्त्रीको रुपमा दोश्रो पटक पद तथा गोपनीयताको शपथ लिएका छन्।
संसदीय बिशेष छानबिन समितिले “बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरुलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको” आरोपबाट उन्मुक्ति दिए पछि शर्माले आज साँझ फेरी अर्थमन्त्रीको रुपमा दोश्रो पटक पद तथा गोपनीयताको शपथ लिएका हुन्।
यस अघि प्रधामन्त्री शेर बहादुर देउबाले राष्ट्रपतिसमक्ष शर्मालाई अर्थमन्त्री पदमा नियुक्त गरेको जानकारी दिएका थिए।